Site icon sarkarijagir.com

Solved Questions paper of NA. SU. 2072

लोक सेवा आयोगद्धारा मिति २०७२ फाल्गुन २२ गते संचालित नायब सुब्बाको परिक्षामा सोधिएका केही  प्रश्नहरु परिक्षामा सहभागी साथीहरुको  स्मरणको आधारमा तयार गरी राखेको छु । यसले परिक्षामा सहभागी साथीहरुलाई सहयोग हुने अपेक्षा गरेको छु साथै केही प्रश्नहरु गलत भएमा कमेन्ट गरी सहयोग गरिदिनुहोला ।

1. नेपालसँग दौत्य सम्बन्ध कायम भएको प्रथम द. अमेरिकी राष्ट्र कुन हो ?
    – अर्जेन्टिना
2. सुरक्षा परिषदका स्थायि सदस्य राष्ट्रहरु कतिवटा रहेका छन् ?
    – ५ ( अमेरिका, फ्रान्स, रुस, बेलायत र चाइना )
3. रुप्से झरना कुन जिल्लामा रहेको छ ?
4. गोरखाभाषा प्रकाशिनी समितिको स्थापना कहिले भयो ?
     – वि स १९६९ 
5. पुर्व प्रधानमन्त्री शुशिल कोइरालाको निधन कहिले भएको हो ?
      – वि स २०७२ माघ २६ गते ( २५ गते राती १२:३० बजे )
6 . सुचना प्रविधी पार्क कुन जिल्ला रहेको छ ?
     – काभ्रे
7. चर्चित रामारोसन कुन जिल्लामा अवस्थित ?
      – अछाम
8. ISO14000 ले के जनाउदछ ?
     – वातावरण व्यवस्थापन

9. जोडा मिलाउनुहोस्:

      – भिमनिधी तिवारी : सहनशिल शुशिला
      – कृष्ण धारावासी : राधा
      – विपी कोइराला : सुम्निमा
      – सिद्धिचरण श्रेष्ठ : उर्वशी
10. चालु तेह्रौ योजनाको अन्त्य सम्म परिवार नियोजनको साधन उपयोग गर्ने जनसंख्या कति पुर्याउने लक्ष्य रहेको छ?
       – ६७%
11 . Go Go Foundation (Good Governance) पुरस्कार-२०७२ प्राप्त गर्ने व्यक्ती
        – डा. भगवान कोइराला
12. जानकी मन्दिर निर्माण गर्दा प्रयोग गरिएको शैली कुन हो ?
      – राजपुत  शैली
13. गण्डकी नदिको सबैभन्दा ठुलो सहायक नदी कुन हो ?
      – काली गण्डकी

14. जोडा मिलाउनुहोस् :

      – सुर्यबाट नजिकको ग्रह: बुध
      – पृथ्वीबाट नजिकको ग्रह :शुक्र
      – सबै भन्दा ठुलो ग्रह: वृहस्पति
       – रातो ग्रह : मंगल
15. नेपालमा पहाडी प्रदेशले ओगटेको क्षेत्रफल कतिरहेको छ?
      – ६८%

16. जोडा मिलाउनुहोस् :

       – टापु महादेश: अष्ट्रेलिया
      – बिषमताको महादेश: एशिया
      – नयाँ संसार : उत्तर अमेरिका
       – अध्यारो महादेश: अफ्रिका
17. काठमाडौका अन्तिम मल्ल राजा को हुन्?
      –जयप्रकाश मल्ल
18.  जैबिक बिबिधता सुचना केन्द्र कहाँ रहेको छ ?
       – टिकौली, चितवन
19. तलका मध्ये कुन ठिक हो/हुन् ?
      a) राणाकालीन प्रशासनमा  मुन्सिखानाले परराष्ट्र मामिलाको काम गर्थो ।
b) मल्लकालमा प्रधानमन्त्रीलाई महादण्डनायक भनिन्थ्यो ।
c) लिच्छविकालमा प्रधनमन्त्रीलाई चौतरा भनिन्थ्यो
20. आशुकवि भनेर कसलाई चिनिन्छ ?
       – शम्भु प्रसाद ढुङेल
21. दोस्रो विश्वयुद्धको प्रमुख कारण के थियो ?
      – भर्साइलको असमान सन्धि

22.  नमिल्ने जोडा कुन हो ?:

     a. Nepal & Nepalese : G.H. Gillimate
      b. Nepal & Its Neighbors: R.K. Das
      c. Gurkha : Hesitate
      d. Political Relation between India & Nepal :Paramananda
     –  d (K.B. Majumdhar लेखेका)
23. रामसार के सँग सम्बन्धित रहेको छ ?
      – सिमसार

24. जोडा मिलाउनुहोस् :

       – कालीगण्डकी ए : १४४००० किवा
        – मर्स्याङ्दी : ६९००० किवा
        – चिलिमे : २२००० कि वा 
         – कुलेखानी : ६०००० कि वा
25.  दिइएको मध्ये कुन वनस्पति समशितोष्ण सदावहार कोणधारी वनमा पाइन्छ ?
       – उत्तिस

26. १२ औं साग गेमको बारेमा तलका मध्ये कुन कुन सहि छ/छन् ?

        a.नेपालले ४ स्वर्ण जितेको थियो ।
         b.नेपालले फाइनल फुटबल खेलमा भारत विरुद्ध ३ गोल हानेको थियो ।
      – दुवै गलत‬

27. दिइएको सडकको नाम मध्ये कुन जोडि सहि छ ?

a) बनेपा – बर्दिवास          – बि पि राजमार्ग
b)  काठमाडौ – कोदारी     – पृथ्वी राजमार्ग
c) नौबिसे – पोखरा           – भूपी शेरचन मार्ग
d) पोखरा बाग्लुङ्ग         –  अरिनिको राजमार्ग

      – बनेपा‬ -बर्दिबास : विपि राजमार्ग 
28.  जोडा मिलाउनुहोस् :
– मकालु : ८४६३ मि
– चोयु – ८२०१ मि
– सगरमाथा: ८८४८ मि
– मनास्लु: ८१६३ मि
29. २०७१ को मदनपुरस्कार प्राप्त गर्ने साहित्यकार ।
        – विजय कुमार पाण्डे
30. निम्न जोडाहरु बारे विचार गर्नुहोस् ।
       a) ईन्टरनेट      – कम्प्यूटरको सञ्चार प्रणाली
       b) ब्ल्यक बक्स  – हवाईजहाज दुर्घटनाको कारण पत्ता लगाउने यन्त्र
c) गेनिमेड    –  सफ्टवयेर बनाउन प्रयोग गरिने कम्प्यूटर पार्ट
        – C गलत

31. एउटै प्रकृतिका बराबर क्षमता को गिलास हरुमा क्रमश 1/3 र 1/4 दूध राखिएको छ। त्यसपछी गिलासहरुमा पानीले पूरा  मिसाएर भर्ने हो भने त्यो भाँडो मा दूध र पानी को अनुपात कति हुन्छ?

     – 7:17

32. यदि बिक्री मूल्य दोब्बर भए नाफा तेब्बर हुन्छ भने नाफा प्रतिशत कति छ?

       – 100%

33. केही गोप्य कोडमा COUNSEL लाई BITIRAK भनिन्छ भने GUIDANCE के भनिन्छ

      – FOHYZJBB

34.  216,343,512,729, ?

       – 1000 

35. ZYX , WUS , TQN , ???

       – QMI
36. 180, 277,340,490 मध्ये कुन मिल्दैन?
      – 277

37. x=y=2z र xyz=256 भए x=?

      – 8

38.  भोलि को पर्सि बुधबारको तीन दिन अघि पर्छ भने आज के बार होला?

        – बिहिबार

39. यदि A ले 18 दिन र B ले 15 दिनमा एक काम गर्छन। A र  B दुबै ले काम गरी B ले 10 दिन काम गरेर छाड्छ भने बाँकी काम A ले कति दिन मा सिध्याउछ?

   – 6 दिन

40. बिहानै उदय र विशाल दोबाटो मा आमुन्ने सामुन्ने उभिएर कुरा गर्दा विशाल को छायाँ उदय को ठिक बायाँ तर्फ परेको थियो भने उदय कुन दिशा तर्फ फर्केको थियो?

  – उत्तर दिशा
41. तलको चित्रबाट सहि विकल्प छान्नुहोस् ।
42. तलको ? लाई कुन अंकले प्रतिस्थापन गर्छ ?
  43. तलको प्रश्नबाट सहि विकल्प छान्नुहोस् ।
  44. तलको प्रश्नबाट सहि बिकल्प छान्नुहोस् ।
45. तलको खाली कोठामा कुन संख्या हुन्छ ।
अन्य प्रश्नहरु सम्झनामा आएपछि upload गर्नेछु ।
Exit mobile version